भूकम्पपछि सिन्धुपाल्चोकको भोटेकोशीमा सुक्खा पहिरो

हिमाल प्रेस १६ फागुन २०८१ ७:५७ | Friday, February 28, 2025
भूकम्पपछि सिन्धुपाल्चोकको भोटेकोशीमा सुक्खा पहिरो

काठमाडौँ- सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण आउन थालेको छ। सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले भूकम्पबाट केही घरमा सामान्य क्षति र एक जना बन्दी घाइते भएको हिमालप्रेसलाई जानकारी दिए।

भूकम्पपछि अत्तालिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका-५ का ३३ वर्षीय स्याङबो तामाङ घाइते भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारीको भनाइमा तामाङको अहिले चौतारा अस्पतालमा उपचार भइराखेको छ।

भूकम्पले इलाका प्रहरी कार्यालय कोदारीको ब्यारेक भवनमा सामान्य क्षति गरेको छ। अन्य क्षतिको विवरण आउनेक्रममा रहेको उनको भनाइ छ। उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

त्यसैगरी, भूकम्पछि भोटेकोशी गाउँपालिका तुसारेस्थित भीरमा सुक्खा पहिरो गएको पनि उनले जानकारी दिए।

प्रकाशित: १६ फागुन २०८१ ७:५७ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast