काठमाडौँ- काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान २:५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।
भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका थिए।
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
प्रकाशित: १६ फागुन २०८१ ५:४१ | Friday, February 28, 2025
प्रतिक्रिया





