विमानस्थलबाट चार किलो सुनसहित चारजना पक्राउ

हिमाल प्रेस १५ फागुन २०८१ १५:५७ | Thursday, February 27, 2025
विमानस्थलबाट चार किलो सुनसहित चारजना पक्राउ त्रिभुवन विमानस्थल, फाइल तस्बिर।

काठमाडौँ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित तीन महिला र एक पुरुष गरी चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

गएराति फ्लाइ दुबइको उडानमार्फत काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभलाई सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उहाँले भन्नुभयो, “गएराति फलाइ दुबइको उडानमार्फत काठमाडौँ आएका तीन महिला र एक पुरुषलाई टर्मिनल गेटमा हाम्रो टोलीले चेक जाँच गर्ने क्रममा सुनसहित फेला पारी पक्राउ गरेको हो ।”
विमानस्थलको भन्सार चेकबाट पास भइसकेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। भन्सारबाट जाँचपास भइसकेका उनीहरूको गतिविधि शंकास्पद लागेपछि पुनः जाँच गर्दा नेपाल प्रहरीले उनीहरूको साथबाट सुन बरामद गरेको थियो।

पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताए।

प्रकाशित: १५ फागुन २०८१ १५:५७ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast