काठमाडौँ- फिल्म ‘वरिष्ठ बलराम’ आगामी वर्ष कात्तिक ३ मा प्रदर्शन हुने भएको छ। टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले कात्तिक ३ लाई प्रदर्शन मिति तोकेको हो।
सुरेन्द्र पौडेलले निर्देशन गर्ने फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ। निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्मको पटकथा महेश दवाडीले लेखेका छन्। फिल्मका निर्माता आशिस एच तामाङ र श्रीराज कार्की हुन्।
केही दिनपछि फिल्मकाे सुटिङ सुरु गरिने टिमले जनाएकाे छ। सामाजिक कथावस्तुमा आधारित फिल्मको छायांकन तराईका विभिन्न स्थानमा गर्ने टिमको तयारी छ। मन कृष्ण महर्जन फिल्मको दृश्य खिच्नेछन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ।
प्रकाशित: १५ फागुन २०८१ १०:४७ | Thursday, February 27, 2025
प्रतिक्रिया




