कसले रोक्ने लिभरपुलको रफ्तार?

हिमाल प्रेस १५ फागुन २०८१ ७:३३ | Thursday, February 27, 2025
कसले रोक्ने लिभरपुलको रफ्तार?

काठमाडौँ- लिभरपुलले इंग्लिस प्रिमियर लिगमा रफतारी प्रदर्शन गरिएको छ। योसँगै लिभरपुल उपाधि होडमा बलवान बनिरहेको छ।

बुधबार राति एनफिल्डमा भएको खेलमा न्युक्यासललाई २–० गोल अन्तरले हराउँदै लिभरपुलले उपाधि होड झनै फराकिलो बनायो।

अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले १३ अंकको स्पष्ट अग्रता बनाएको छ। शीर्ष स्थानको लिभरपुलको ६७ अंक छ। दोस्रो स्थानको आर्सनलको ५४ अंक छ। तेस्रोमा रहेको नटघम फरेस्टको ४८ अंक र चौथोमा रहेको म्यानचेस्टर सिटीको ४७ अंक छ। प्रिमियर लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि लिभरपुलकै मोहम्मद सलाह हुन्। उनको एसिस्ट पनि सबैभन्दा बढी छ। यसले गर्दा लिभरपुललाई रोक्न यसपटक सहज छैन।

बुधबारको खेलमा पनि पहिलो हाफको ११औँ मिनेटमा डोमिनिक स्जोबोस्लाइको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो।

पहिलो हाफमा १-० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप १ गोल गर्‍यो। खेलको ६३औँ मिनेटमा मोहम्मद सलाहको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।

गएराति भएको खेलमा दोस्रो स्थानको आर्सनलले नटिंघम फरेस्टसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। ब्रेनफोर्ड र एभर्टनले भने १-१ को बराबरी गरे।

प्रकाशित: १५ फागुन २०८१ ७:३३ | Thursday, February 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast