शिक्षा ऐन जारी गर्न एमाले महासचिवलाई महासंघको ध्यानाकर्षण

हिमाल प्रेस १४ फागुन २०८१ १७:००
496
SHARES
शिक्षा ऐन जारी गर्न एमाले महासचिवलाई महासंघको ध्यानाकर्षण

काठमाडौँ- नेपाल शिक्षक महासंघले सत्तारुढ नेकपा एमालेका महासचिवलाई भेटेर संसद्को जारी अधिवेशनबाट शिक्षा ऐन जारी गर्न ध्यानाकर्षण गराएको छ।

प्रमुख पार्टीका शीर्ष नेताहरूलाई भेटेर महासंघले शिक्षा ऐनबारे ध्यानाकर्षण गराइरहेको छ। सो क्रममा आज बिहान महासंघले महासचिव पोखरेलाई भेटेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार पोखरेलसँग अविलम्ब विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न पहलकदमी लिइदिन पक्षीकरण गरिएको छ।

शिक्षक महासंघको टोलीसँग महासचिव पोखरेलले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई ऐनको रुप दिन आफूले सरकारसँग कुरा गर्ने आश्वासन दिए।

महासंघको टोलीले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर ऐन जारी गर्न ध्यानाकर्षण गराएको थियो।

संसद्को चालु अधिवेशनबाटै शिक्षा ऐन जारी गर्नुपर्ने एक सूत्रीय माग राखेर महासंघले गत माघ २० गतेदेखि देशव्यापी चरणबद्ध आन्दोलन पनि गरिरहेको छ। महासंघले आन्दोलन र नेताहरूलाई ध्यानाकर्षण सँगसँगै गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast