काभ्रेबाट ‘माग्ने राजा’ काे छायांकन सुरु

हिमाल प्रेस १४ फागुन २०८१ १६:०० | Wednesday, February 26, 2025
काभ्रेबाट ‘माग्ने राजा’ काे छायांकन सुरु

काठमाडाैँ- कलाकार केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को छायांकन सुरु भएको छ। महाशिवरात्रिको अवसरमा सूर्यविनायक मन्दिरमा पूजा गर्दै काभ्रेको बल्थलीबाट फिल्मको छायांकन सुरु गरिएको हो।

ऋषि लामिछानेको निर्देशनमा बन्ने फिल्ममा केदार सहित आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ। फिल्ममा धनी बन्ने महत्वाकांक्षा बाेकेको एक गरिबकाे कथा प्रस्तुत गरिएको टिमले जनाएको छ। फिल्मका लेखक सामिप्यराज तिमिल्सेना हुन्।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा मुनाल घिमिरे छन्। नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्म आगामी वर्ष २०८२ मा प्रदर्शन हुनेछ।

प्रकाशित: १४ फागुन २०८१ १६:०० | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast