एकताको डेब्यु निर्देशित फिल्म ‘हर्ष’ को शुभ मुहूर्त, कोको छन् कलाकार?

हिमाल प्रेस १४ फागुन २०८१ १४:१९ | Wednesday, February 26, 2025
एकताको डेब्यु निर्देशित फिल्म ‘हर्ष’ को शुभ मुहूर्त, कोको छन् कलाकार?

काठमाडौँ- एकता पौडेलको डेब्यु निर्देशनमा बन्ने फिल्म ‘हर्ष’ को शुभ मुहूर्त गरिएको छ। महाशिवरात्रिको अवसरमा ठमेलस्थित त्रिदेवी मन्दिरमा शुभ मूहूर्त गरिएको हो।

फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा देखिनेछन्। साथै फिल्ममा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापितको अभिनय रहनेछ।

पारिवारिक तथा सामाजिक कथामा बन्ने फिल्मकाे कथा एकताले नै लेखेकी हुन्। फिल्म फागुन १७ देखि छायांकन सुरु गरिनेछ। फिल्म आलोक शुक्लाले खिच्नेछन्। ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्नेछ।

वसन्त सापकोटा र एलिश कार्कीको संगीत, सुनील क्षेत्रीको कोरियोग्राफी रहने फिल्म लोकेश बज्राचार्यको सम्पादन गर्नेछन्। फिल्मका प्रशन्न पौडेल र विकास पौडेल फिल्मका निर्माता हुन्। फिल्म २०८२ सालमा प्रदर्शन गरिनेछ।

एकताले  न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ अध्ययन गरेकी  छन्।  केही छोटा फिल्म बनाइसकेकी पनि छन्। उनी स्व. निर्देशक शिव रेग्मीकी भान्जी हुन्।

 

प्रकाशित: १४ फागुन २०८१ १४:१९ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast