यूएसएआईडीको सहयोगमा सञ्चालित सात कार्यक्रम रोकिए

हिमाल प्रेस १२ फागुन २०८१ १६:१६
34
SHARES
यूएसएआईडीको सहयोगमा सञ्चालित सात कार्यक्रम रोकिए c

काठमाडौँ– अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को सहयोगमा सञ्चालित सातवटा कार्यक्रम रोकिएको अर्थ मन्त्रालयले जनाएको छ।

सोमबार अर्थ मन्त्रालयले विज्ञप्ती जारी गदै शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चार वटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको जनाएको हो।

साथै तयारीका क्रममा रहेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन वटा कार्यक्रमहरू पनि रोकिएको मन्त्रालयले जनाएको छ।

तयारीको क्रममा रहेका केही कार्यक्रमहरूको लागि सम्झौता भइ नसकेको हुँदा कुनै सहयोग प्राप्त नभएपछि त्यस्ता कार्यक्रम पनि रोक्नु परेको अर्थमन्त्रालयका सह– प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन्।

अमेरिकाले नेपालमा सन् १९५१ देखि निरन्तररुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो। नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो निर्णयका कारण नेपालमा यस्ता कार्यक्रमहरू रोकिन थालेका छन्।

प्रकाशित: १२ फागुन २०८१ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast