
काठमाडौँ– सांसद अमरेशकुमार सिंहले दातृ निकायबाट आएका रकमबारे श्वेतपत्र जारी गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसद सिंहले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालमा भित्रिएको रकम र त्यसको उपयोगिता प्रस्ट पार्न सरकारसँग माग गरेका हुन्।
‘विभिन्न दातृ संस्था र निकायबाट आएका रकमबारे सामाजिक सञ्जालमा विभिन्न कुराहरु देखिन्छन, हाम्रो देशमा जसले पनि जहाँ पनि लगानी गर्न पाउने व्यवस्था के हो? गैरसरकारी क्षेत्रबाट कति रकम आयो र कुन क्षेत्रमा खर्च भयो त्यो सदनले थाहा पाउनुपर्छ,’ उनले भने।
यसको नियमनका लागि २०७४ सालमा राज्य व्यवस्था समितिबाट राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार भएको उल्लेख गर्दै उनले एनओजी र आइएनजीओबाट आएको पैसाबारे सरकारले श्वेतपत्र जारी गर्न माग गरे। सांसद सिंहले मुलुकलाई ग्रे–लिस्टमा पर्नुको कारण समेत सरकारसँग माग गरे।