प्रतितोला कतिमा कारोबार हुँदैछ सुन?

हिमाल प्रेस १२ फागुन २०८१ ११:२४ | Monday, February 24, 2025
प्रतितोला कतिमा कारोबार हुँदैछ सुन?

काठमाडौँ- सुनचाँदीको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो। आइतबार प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एक लाख ७० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १२ फागुन २०८१ ११:२४ | Monday, February 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast