अमेरिकी डलर स्थिर रहँदा कति पुग्यो जापानी येन?

हिमाल प्रेस १२ फागुन २०८१ ६:१६
2
SHARE
अमेरिकी डलर स्थिर रहँदा कति पुग्यो जापानी येन?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ।

कुबेती दिनारको विनियमदर भने बढेको छ। तर, अमेरिकी डलरको विनियमदर विगत तीन दिनदेखि स्थिर छ। आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा छ।

आज युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा छ।पाउन्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६४ पैसा छ।अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा तोकिएको छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ र बिक्रीदर १३ रुपैयाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५० पैसा निर्धारण भएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ८३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रुपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६४ पैसा तय गरिएको छ।

प्रकाशित: १२ फागुन २०८१ ६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast