सेन्सर पास भयो ‘लाज शरणम्’, फागुन १४ देखि प्रर्दशन

हिमाल प्रेस ११ फागुन २०८१ ११:३७
28
SHARES
सेन्सर पास भयो ‘लाज शरणम्’, फागुन १४ देखि प्रर्दशन

काठमाडौँ- यही फागुन १४ देखि प्रर्दशन हुने भनिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास भएको छ। सेन्सर बोर्डले आलमबारे केही खास देखिएको भन्दै प्रदर्शनको अनुमति दिएको हो।

केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) ले फिल्मलाई यु सर्टिफिकेट दिएको छ।

यसअघि उच्च अदालत पाटनले सेन्सर पास नभएसम्म फिल्मको प्रचार रोक्न आदेश दिएको थियो। नेता अफताव आलमले फिल्मका पात्र सीताराम कट्टेलको हुलिया मिलेको भन्दै अदालतमा रिट दायर गरेका थिए।

कमेडी जनरामा आधारित फिल्म कुमार कट्टेल ‘जिग्री’ले निर्देशन गरेका हुन्। कुमारको यो डेब्यु निर्देशन हो। फिल्म चर्चित टेलिफिल्म ‘सक्किगोनि’ समूहले बनाएको हो।

फिल्ममा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, बबिन राई, रामभजन कामत, कमलमणी नेपाललगायत कलाकारको अभिनय छ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन्। सह(निर्मातामा राम नरेश शाह र सृजना खड्का छन्। फिल्मको एउटा गीत काठमाडौंका मेयर बालेन्द्र शाहले गाएका छन्। फिल्म सुदीप बरालले छायांकन गरेका हुन्।

प्रकाशित: ११ फागुन २०८१ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast