नेपाल–पाकिस्तान टी–२० मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न

हिमाल प्रेस ४ फागुन २०८१ २१:५० | Sunday, February 16, 2025
नेपाल–पाकिस्तान टी–२० मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न

काठमाडौँ- नेपाल–पाकिस्तान टी–२० मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। ८ फेब्रुअरीदेखि सुरू भएको मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता आइतबार सम्पन्न भएको हो।
मैत्रिपूर्ण प्रतियोगितामा हिमालयन क्रिकेट टिम विजयी हुँदा एङ्गल्स स्पोर्ट्स एकेडेमी उपविजेता भयो।

विजेता र उपविजेता टिमलाई नेपाल राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले ट्रफिक प्रदान गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै आचार्यले पाकिस्तान दूतावासको सफल आयोजनका लागि प्रशंसा गरे। उनले यो प्रतियोगिता अब काठमाडौँको खेलकुद पात्रोमा समेटिएको उल्लेख गर्दै नेपाल र पाकिस्तानबीचको निकट सम्बन्धको परिचायक रहेको बताए।

प्रतियोगिताले नेपालका नयाँ क्रिकेट खेलाडीहरूलाई अवसर प्रदान गरेको उनको भनाइ थियो।

नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच.हाश्मीले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गरी दुवै देशका युवाहरूलाई एकसाथ ल्याउने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगिताका लागि हिमालयन बैंक लिमिटेड र आईएमई ग्लोबल बैंकले सहयोग गरेकोमा उनले धन्यवाद दिए।

समापन समारोहमा नेपालका लागि इजिप्टकी राजदूत नोहा हम्दी अहमद एलगेबाली,, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, आईसीआईएमओडीका महानिर्देशक डा.पेमा ग्यात्सो, बंगलादेश दूतावासका चार्ज द अफेयर हुमायून कबीरलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ४ फागुन २०८१ २१:५० | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast