बेलुन फुटेर आगो सल्किँदा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौँ लगियो

हिमाल प्रेस ३ फागुन २०८१ १५:२६ | Saturday, February 15, 2025
बेलुन फुटेर आगो सल्किँदा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौँ लगियो पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा शनिबार बेलुन फुट्दा सल्किएको आगो। तस्बिर : विजय नेपाल

पोखरा– बेलुन फुटेर आगो सल्किँदा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको हो।

दुवै जनाको उपचार बर्न अस्पतालमा हुने जनाइएको छ। पोखरामा प्राथमिक उपचारपछि बर्न अस्पतालमा थप उपचारका लागि उनीहरूलाई काठमाडौँ लगिएको हो।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा शनिबार बेलुन फुटेर आगो लाग्दा उनीहरू घाइते भएका थिए।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालामा परेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो। बेलुन पड्कििएर आगो लाग्दा दुवै जनाको अनुहारमा सामान्य जलन भएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार अर्थमन्त्री पौडेलको तुलनामा मेयर आचार्यको गालाको भाग बढी जलेको छ।

आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष घोषणा गरिएको हो।

प्रकाशित: ३ फागुन २०८१ १५:२६ | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast