नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा जो पदाधिकारीमा पराजित भए

हिमाल प्रेस २ फागुन २०८१ ६:३६ | Friday, February 14, 2025
नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा जो पदाधिकारीमा पराजित भए

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो महाधिवेशनमा पदाधिकारीका लागि प्रतिस्पर्धामा उत्रिएका ११ जना नेताहरू पराजित भएका छन्।

जसमा केन्द्रीय अध्यक्षका लागि डा.बाबुराम भट्टराईसँग प्रतिस्पर्धा गरेका युवा नेता नेत्र चापागाईँ भारी मतले पराजित भए। उपाध्यक्षमा जनकराज शाह, रामबहादुर घले, अनुपसिं सुवाल, दलबहादुर लिम्बू, चिनक कुर्मी पराजित भए। उपाध्यक्षमा दुर्गा सोब र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भए भने ईश्वर रिजाल, टेकहादुर बाठामगर, उमेश शाह प्रत्यक्ष निर्वाचित भए।

त्यस्तै महासचिवमा जिएस गुरुङ पराजित भए। उनलाई सोनामसिं स्याङ्तानले पराजित गरेका हुन्।

सचिवतर्फ आशाकुमारी तामाङ, लक्ष्यमण कार्की ‘सन्देश’, भरतराज दाहाल विजयी हुँदा छन्दबहादुर पन्थी, दानबहादुर सहकारी, सिर्जना रिजाल नेपाल, सिर्जना सुवेदी पराजित भए।

याे पनि

नेसपा (नयाँ शक्ति) को महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले कति मत ल्याए? [सूचीसहित]

प्रकाशित: २ फागुन २०८१ ६:३६ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast