प्रतिफल देखिने गरी काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

हिमाल प्रेस १ फागुन २०८१ १८:३९ | Thursday, February 13, 2025
प्रतिफल देखिने गरी काम गर्न कृषिमन्त्री अधिकारीको  निर्देशन

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल आउनु पर्ने बताएका छन्।

मन्त्रालयमा बिहीबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले लगानीको प्रतिफलविना उपलब्धी नदेखिने भएकाले यसलाई आधार मानेर काम गर्न सम्बन्धीत निकायलाई निर्देशन दिए।

‘हामी सँग विज्ञहरुको खाँचो छैन, लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालय सँग छ, तथापि नतिजा आउन सकिरहेको छैन, चार्टले प्रगति देखाउन सकिरहेको छैन,’ मन्त्री अधिकारीले भने।

उनले कृषि कर्ममा लागेकाहरुलाई आफूहरूले के दिएको भन्ने सोचका साथ कार्य गर्न जरुरी रहेको बताए।

कानुनी अबरोध हटाउँदै नतिजामुखी कार्य गर्न आफुले सहजीकरण गर्ने भन्दै मन्त्री अधिकारीले अझै बढि क्रियाशिलताले मात्र कृषि क्षेत्रमा लिएका लक्ष्य पुरा हुने भएकाले यस तर्फ लाग्न कर्मचारीहरुलाई निर्देशन दिए।

प्रकाशित: १ फागुन २०८१ १८:३९ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast