‘कर्मा’ मा विपिनको क्यारेक्टर लुक्स

हिमाल प्रेस १ फागुन २०८१ ११:३१ | Thursday, February 13, 2025
‘कर्मा’ मा विपिनको क्यारेक्टर लुक्स

काठमाडौँ- फिल्म ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मका मुख्य कलाकार विपिन कार्कीको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा अभिनेता कार्कीले हातमा बन्दुक बोकेका छन्। विपिन पहिलोपटक एक्सन भूमिकामा देखिनेछन्।

पोस्टरमा रहेको ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’स्लोगन राखिएको छ। फिल्ममा अन्य कलाकार उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवको अभिनय छ।

‘कर्मा’ सौरभ चौधरीले निर्देशन गरेका हुन्। फिल्म चैत २९ देखि हलमा लाग्नेछ। फिल्म निर्देशक चौधरी नै लेखेका हुन्। आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा वसन्त लम्सालले लगानी गरेका छन्।

प्रकाशित: १ फागुन २०८१ ११:३१ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast