झनै महँगियो डलर

हिमाल प्रेस १ फागुन २०८१ ६:१२ | Thursday, February 13, 2025
झनै महँगियो डलर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियम दर बढेको हो।

हिजो कुबेती र बहराइन दिनारको मूल्यमा निकै गिरावट आएको छ। आज ती मुद्रा पनि महँगिएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३४ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २३ पैसा थियो। आज युरो एकको खरिदर एक सय ४४ रुपैया ०६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा छ। हिजो युरो एकको खरिददर एक सय ४३ रुपैया ०२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६४ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ६० पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ १६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३५ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ २५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ७१ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ७९ रुपैयाँ ६५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर तीन सय ७९ रुपैयाँ ३३ पैसा थियो।

प्रकाशित: १ फागुन २०८१ ६:१२ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast