बालेनले कवाड व्यवसायमाथि आतंक मचाएका छन् : लोसपा अध्यक्ष ठाकुर

हिमाल प्रेस ३० माघ २०८१ २०:२१
12
SHARES
बालेनले कवाड व्यवसायमाथि आतंक मचाएका छन् : लोसपा अध्यक्ष ठाकुर लोसपा अध्यक्ष महन्थ ठाकुर।

महोत्तरी– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले कुनै पनि स्थानीय तहद्वारा निर्मित ऐन, कानुन, नियमावली वा मापदण्ड संविधानभन्दा माथि हुन नसक्ने बताएका छन्।

सदरमुकाम जलेश्वरमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष ठाकुरले कुनै पनि स्थानीय तहले नागरिकको संवैधानिक हक खोस्ने ऐन, कानुन, नियमावली वा मापदण्ड निर्माण गरेमा स्वतः खारेज हुनुपर्ने बताए।

उनल पछिल्लो दिनमा काठमाडौँ महानगरले कवाड व्यवसायीप्रति गरेको ज्यादतिउपर आपत्ति प्रकट गर्दै उनीहरुलाई विस्थापित गराउन खोजेको आरोप लगाए।

उनले काठमाडौँ महानगरका प्रमुख बालेन शाहले अदालतको आदेशको विरुद्ध काठमाडौँका कवाड व्यवसायीको भवन तथा व्यावसायिक संरचनामाथि डोजर चलाउने, व्यवसायीमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट गराउनेलगायत कार्य गरेर आतंक मचाएको आरोप लगाए।

उनले काठमाडौँ महानगर र प्रमुख बालेन शाहद्वारा नगर प्रहरी परिचालन गरेर भइरहेको चरम ज्यादती र संवैधानिक अधिकार हननका घटना रोक्न नेपाल सरकारलाई ध्यानाकर्षण गराए।

अध्यक्ष ठाकुरले काठमाडौँ महानगर र प्रमुख शाहले आफ्नो व्यवहार नसुधारेमा लोसपाले अधिकारको आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।

प्रकाशित: ३० माघ २०८१ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast