लोसपाले पनि भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने

हिमाल प्रेस ३० माघ २०८१ १८:५०
38
SHARES
लोसपाले पनि भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको छ।

भूमिसम्बन्धी अध्यादेश जनताको हितविपरित रहेको भन्दै लोसपाले अस्वीकार गर्ने निर्णय गरेको हो।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने पार्टीको निर्णय रहेको बताएका छन्। यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको ठहर रहेको उनको भनाइ छ।

‘यस अध्यादेशको अन्तर्य अध्ययन गर्दा समग्रमा अत्यन्त गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, रानाथारूलगायतका पूर्णरूपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायरबाट बञ्चित राखिने तथा यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने हाम्रो ठहर छ। समग्रमा यो अध्यादेश जनताको हितविपरित भएको हाम्रो स्पष्ट धारणा छ,’ अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

लोसपा सरकारमा सहभागी दल हो। यो पार्टीबाट सरकारमा शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन्।

यसअघि सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ३० माघ २०८१ १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast