वैकल्पिक शक्ति निर्माणका लागि एकताबद्ध हुन नेसपा (नयाँ शक्ति) को अपिल

हिमाल प्रेस ३० माघ २०८१ १३:२६ | Wednesday, February 12, 2025
वैकल्पिक शक्ति निर्माणका लागि एकताबद्ध हुन नेसपा (नयाँ शक्ति) को अपिल नेसपा नयाँ शक्तिको महाधिवेशन उद्घाटन समारोहका सहभागी। फाइल तस्बिर

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले वैकल्पिक शक्ति निर्माणका लागि एकताबद्ध हुन अपिल गरेको छ।

प्रज्ञा प्रतिष्ठानमा मंगलबार सम्पन्न पहिलो महाधिवेशनबाट पारित समसामयिक राजनीतिक प्रस्तावमार्फत नेसपा (नयाँ शक्ति) ले सो अपिल गरेको हो।

संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्धिसहित समुन्नत समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निमार्णको अभियानमा दृढ भएर लाग्ने प्रतिवद्धता नेसपा (नयाँ शक्ति) ले गरेको छ।

त्यस्तै उक्त पार्टीले भ्रष्टीकृत पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरूको बृहत् ध्रुवीकरणसहित नयाँ वैकल्पिक समाजवादी शक्ति निमार्ण गर्नका लागि एकताबद्ध हुन अपिल गरेको छ।

प्रकाशित: ३० माघ २०८१ १३:२६ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast