संसद् छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक प्रवृत्ति : नेसपा (नयाँ शक्ति)

हिमाल प्रेस ३० माघ २०८१ १३:०५
70
SHARES
संसद् छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक प्रवृत्ति : नेसपा (नयाँ शक्ति)

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले सत्ता स्वार्थका लागि संसद् छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक प्रवृत्ति भएको जनाएको छ।

प्रज्ञा प्रतिष्ठानमा मंगलबार सम्पन्न पहिलो महाधिवेशनबाट पारित समसामयिक राजनीतिक प्रस्तावमा सरकारको अलोकतान्त्रिक प्रवृत्तिको भर्त्सना गरिएको हो।

प्रस्तावमा भनिएको छ,‘सत्तास्वार्थका लागि हुने गरेको बारम्बारको गठबन्धन र सरकार परिवर्तनले संसदीय राजनीतिको फोहोरी खेलको झल्को दिएको छ। साथै चालु संसद्लाई छलेर विभिन्न अध्यादेशहरू ल्याई राज्य चलाउने सरकारको पुरानो राजनीतिक प्रवृत्तिले लोकतन्त्रका साथै समग्र प्रणालीप्रतिको जनवितृष्णा समेत बढ्दै जाने भएको हुँदा यस्तो अलोकतान्त्रिक प्रवृत्तिको यो महाधिवेशन घोर भर्त्सना गर्दछ।’

महाधिवेशनबाट समसामयिक १३ प्रस्ताव पारित गरिएको थियो।

सरकारले संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि गत पुस २९ गते सरकारले विभिन्न ५ अध्यादेश जारी ल्याएको थियो।

प्रकाशित: ३० माघ २०८१ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast