अब मुलुकका शैक्षिक प्रतिष्ठानबाटै गुणस्तरीय सेवा प्रवाह हुन्छ : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस ३० माघ २०८१ ११:३३ | Wednesday, February 12, 2025
6
SHARES
अब मुलुकका शैक्षिक प्रतिष्ठानबाटै गुणस्तरीय सेवा प्रवाह हुन्छ : उपप्रधानमन्त्री सिंह

ललितपुर- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक क्षेत्रमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस एकाइद्वारा आज यहाँ आयोजित वृहत् सांस्कृतिक कार्यक्रममा उनले मुलुकका शैक्षिक प्रतिष्ठानबाट गुणस्तरीय सेवा प्रवाह भएकाले स्वदेशमा नै उपलब्ध अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताए।

‘हाम्रो देशमा शिक्षाको गुणस्तरलाई प्रश्न गरिन्छ, तर अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न विषयमा अध्ययन गर्ने अवसर धेरै छन्, यसलाई तपाईँहरूले अधिकतम उपयोग गर्नुपर्छ’, उनले भने।

२०७२ सालको भूकम्पबाट क्षति भएको पुस्तकालय नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस एकाइका विद्यार्थीले खाजा खर्च जोगाएर पुनर्निर्माण गरेका छन्। उक्त पुस्तकालय आजै क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित: ३० माघ २०८१ ११:३३ | Wednesday, February 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast