नेसपा (नयाँ शक्ति) महाधिवेशन : अध्यक्षका लागि मत माग्दै बाबुराम र नेत्र

हिमाल प्रेस २९ माघ २०८१ १६:१९ | Tuesday, February 11, 2025
नेसपा (नयाँ शक्ति) महाधिवेशन : अध्यक्षका लागि मत माग्दै बाबुराम र नेत्र

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रज्ञा प्रतिष्ठानमा जारी प्रथम महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार डा.बाबुराम भट्टराई र युवा नेता नेत्र चापागाईँले महाधिवेशन प्रतिनिधिहरूसँग मत मागेका छन्।

प्रतिनिधिसँग मत माग्ने क्रममा डा.भट्टराई र चापागाईँबीच भेट भएको छ। सो क्रममा उनीहरूले एकअर्कालाई शुभकामना दिए। ११ सदस्यीय पदाधिकारी र ९९ केन्द्रीय सदस्यमा निर्विरोध हुन नसकेका पदमा प्रत्यक्ष चुनाव हुँदैछ।

आइतबारदेखि जारी महाधिवेशनमा आज मतदानको कार्यतालिका छ। नेता कृष्ण शर्माका अनुसार उम्मेदवारले अहिले मत माग्दै छन्। केही बेरमा मतदान सुरु हुनेछ।

७० वर्षीय पूर्वप्रधानमन्त्री डा.भट्टराई यसअघि पार्टी अध्यक्ष थिए भने चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनको अध्यक्ष थिए।

प्रकाशित: २९ माघ २०८१ १६:१९ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast