गण्डकीका ऊर्जामन्त्री देवकोटा नेसपा (नयाँ शक्ति) को खुला केन्द्रीय सदस्य उम्मेदवार

हिमाल प्रेस २९ माघ २०८१ ११:०७ | Tuesday, February 11, 2025
गण्डकीका ऊर्जामन्त्री देवकोटा नेसपा (नयाँ शक्ति) को खुला केन्द्रीय सदस्य उम्मेदवार

काठमाडौँ- गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रज्ञा प्रतिष्ठानमा जारी पहिलो महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

गोरखा–२ (क) का नेसपा (नयाँ शक्ति) सांसदसमेत रहेका देवकोटा जनयुद्धदेखि अहिलेसम्म पार्टी निर्माणमा खटिएका छन्। उनको राजनीतिक योगदानका कारण पदाधिकारी उम्मेदवारी दिन नेताकार्यकर्ताले आग्रह गरे पनि देवकोटाले भने खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।

देवकोटाले पार्टीमा काम गर्न कुनै पद नचाहिने बताउँदै भने,‘मप्रति शुभेच्छा राख्नेहरूलाई धन्यवाद दिन चाहन्छु। मैले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु। मलाई मत दिन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्दछु।’

केन्द्रीय सदस्य भएर गाउँगाउँमा संगठन विस्तार तथा अभियानमा लाग्ने देवकोटाले बताए। पार्टीलाई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न जनतामा जानुपर्ने र वैकल्पिक राजनीति, पार्टीका एजेन्डा र विचारबारे जानकारी गराउन जरुरी रहेको देवकोटाको भनाइ छ।

प्रकाशित: २९ माघ २०८१ ११:०७ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast