अर्जुन ट्रफीमा विवेक यादव उत्कृष्ट खेलाडी,कुशल भुर्तेल उत्कृष्ट बलर र ब्याटर

हिमाल प्रेस २९ माघ २०८१ ७:५२ | Tuesday, February 11, 2025
अर्जुन ट्रफीमा विवेक यादव उत्कृष्ट खेलाडी,कुशल भुर्तेल उत्कृष्ट बलर र ब्याटर

काठमाडौँ- सुदूरपश्चिमको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न अर्जुन ट्रफीको उपाधि अत्तरियाले फ्रेन्ड्स युथ क्लबले जित्यो। अत्तरियाले डडेलधुरालाई ३४ रनले पराजित गर्दै उपाधि हात पार्‍यो।

पहिलो संस्करणको उपाधि अत्तरियाले हात पर्दा राष्ट्रिय टोलीका खेलाडी नायक बने। प्रतियोगिताभर राष्ट्रिय टोलीका खेलाडीकै दबदबा कायम रह्‍यो। प्रतियोगितामा अत्तरियाका अलराउन्ड विवेककुमार यादव उत्कृष्ट खेलाडी घोषित भए।

उनले अत्तरियालाई उपाधि दिलाउन ब्याटिङतर्फ ५ इनिङ्समा १५२ रन बनाए। बलिङतर्फ भने उनले १० विकेट लिए। उनले एक लाख रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटर भने डडेलधुराका कुशल भुर्तेल भए। उनले प्रतियोगितामा सर्वाधिक १३ विकेट लिए। ब्याटिङतर्फ भने उनले १६८ रन बनायो। उनी नै सर्वाधिक रनकर्ता बने।

प्रतियोगिताको उदीयमान खेलाडी भने डीसीए धनगढीका हिक्मत महरा रहे। कुशलले एक लाख पाउँदा हिक्मतले ५० हजार रुपैयाँ प्राप्त गरे।

प्रकाशित: २९ माघ २०८१ ७:५२ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast