![चितुवाको छालासहित कैलालीबाट एक पक्राउ](https://himalpress.com/wp-content/uploads/2024/09/Arrested.jpeg)
काठमाडौँ- चितुवाको छालासहित कैलालीबाट एक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका ३, मेल्टाका २६ वर्षीय नरेश साउद छन्।
उनलाई कैलालीको धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार होटेलको कोठाबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनको साथबाट एक थान चितुवाको छाला बरामद गरिएको छ।
प्रकाशित: २९ माघ २०८१ ७:४२
प्रतिक्रिया