कप्तान रोहित लयमा फर्किँदा इंग्ल्यान्डसँगको शृंखला भारतलाई

हिमाल प्रेस २८ माघ २०८१ ८:३१ | Monday, February 10, 2025
कप्तान रोहित लयमा फर्किँदा इंग्ल्यान्डसँगको शृंखला भारतलाई इंग्ल्यान्डविरुद्ध शतक प्रहारपछि भारतीय टिमका कप्तान रोहित शर्मा। तस्बिर : आईसीसी

काठमाडौँ- लामो समयपछि लयमा फर्किएका कप्तान रोहित शर्माको विष्फोटक ब्याटिङले भारतले इंग्ल्यान्डविरुद्ध लगातार जित निकालेको छ।

एकदिवसीय शृंखलामा भारतले इंग्ल्यान्डमाथि दोस्रो जित निकाल्दै दबाबमा राखेको छ। गएराति सम्पन्न शृंखलाको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इंग्ल्यान्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६ विकेट गुमाउदै ल्क्ष्य पूरा गरेको थियो।

भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले। यो उनको एकदिवसीय क्रिकेटमा ३२औँ शतक हो। त्यसअघि टस जितेर पहिला ब्याटिंङ गरेको इंग्ल्यान्डले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै ३०४ रन बनाएको थियो। योसँगै भारतले ३ खेलको शृंखलामा एक खेलअघि नै २-० ले जितेको छ। अब शृंखलाको अन्तिम खेल बुधबार हुँदै छ।

प्रकाशित: २८ माघ २०८१ ८:३१ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast