‘अच्छा लेकिन लन्डनमा’ रचना र शम्भुजीतको स्वरमा आउँदै

हिमाल प्रेस २८ माघ २०८१ ८:१० | Monday, February 10, 2025
‘अच्छा लेकिन लन्डनमा’ रचना र शम्भुजीतको स्वरमा आउँदै

काठमाडौँ- पुरानो चर्चित गीत ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ। चैत्रको २९ देखि प्रदर्शन हुने फिल्म ‘नरसिंहा अवतार’ मा यो गीत समावेश गरिएको छ।

पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देवीका बन्दनाको स्वर थियो। नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले गाएका छन् । जरसिंह पौवामा सेट बनाएर गीतको भिडियो छायांकन गरिएको हो।

भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ। फिल्मका निर्देशक दिवाकर भट्टराईले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको बताए । गीतमा फिल्मका मुख्य कलाकार राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिशा भट्टराईले नृत्य देखिन्छ।

राजेश हमालले यो गीतले विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीतको भिडियोमा नायक हमाल र अर्का नायक कटुवाललाई कर्नेलको अवतारमा देख्न पाइनेछ।

फिल्ममा अभिनेता हमाल र खनालले ३२ बर्षपछि सहकार्य गर्दैछन्। एक्सन र लभ स्टोरी कथामा निर्माण भएको फिल्ममा दर्शकले विविधता देख्न पाउने विश्वास निर्माणपक्षको विश्वास छ ।यही फिल्मबाट पूर्व मिस नेपाल उषा खड्गीले डेब्यू गर्दैछिन्।

प्रकाशित: २८ माघ २०८१ ८:१० | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast