नेसपा नयाँ शक्तिको केन्द्रीय सदस्यमा प्रकाश भट्टराईले गरे उम्मेदवारी घोषणा

हिमाल प्रेस २७ माघ २०८१ १०:२३
नेसपा नयाँ शक्तिको केन्द्रीय सदस्यमा प्रकाश भट्टराईले गरे उम्मेदवारी घोषणा

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यका लागि प्रकाश भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्।

नेपाल समाजवादी ट्रेड युनियन महासंघका महासचिवसमेत रहेका भट्टराईले लामो समयदेखि श्रमिक वर्गको हक र अधिकारको रक्षा, उत्पिडित वर्ग, क्षेत्र, लिङ्गमा समर्पित हुँदै आएका छन्।

समाजमा समानता र न्याय सुनिश्चित गर्नका लागि नयाँ सोच र ऊर्जासहित राजनीतिक संरचनामा परिवर्तन ल्याउने प्रतिबद्धतासहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको भट्टराईले बताएका छन्।

नयाँ शक्तिको प्रथम ऐतिहासिक महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैन। महाधिवेशनमा देशभरबाट १६ सय प्रतिनिधिहरू आएका छन्। डा.बाबुराम भट्टराईको नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक शक्तिको औचित्य र आधार भन्ने शीर्षकको दस्तावेज पारित गर्दै यही माघ २९ गते महाधिवेशन समापन हुनेछ।

महाधिवेशनमा प्रतिनिधिले प्रत्यक्ष निर्वाचित प्रणालीमार्फत अध्यक्ष, उपाध्यक्ष, महासचिव, केन्द्रीय सदस्य चुन्नेछन्।

प्रकाशित: २७ माघ २०८१ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast