सहरमा आज :  मण्डलामा ‘मुक्कुमलुङ’, नेपाली फिल्मले भरिभराउ हल

हिमाल प्रेस २६ माघ २०८१ ६:३८
40
SHARES
सहरमा आज :  मण्डलामा ‘मुक्कुमलुङ’, नेपाली फिल्मले भरिभराउ हल

काठमाडौँ- माघको अन्तिम शनिबार। केही समय यता हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। सधैँझैँ यो साता के कस्ता कार्यक्रम हुँदै छन् त, हेरौं।

मण्डलामा ‘मुक्कुमलुङ’
थापागाउँस्थित मण्डला थिएटरमा माघ ४ (आज) देखि नाटक ‘मुक्कुमलुङ’ मञ्चन भइरहेको छ। माघ २७ अर्थात भाेलिसम्म मञ्चन हुने नाटक याक्थुङ समुदायको प्राचीन सभ्यता र परम्पराको धरोहर चोत्लुङ (पवित्र गुफा)सँग सम्बन्धित छ। नाटकको आज दुई सो छ, बेलुका सवा पाँच बजे र शनिबार दिउँसो १ बजे। नाटकका परिकल्पनाकार र निर्देशक अनिल सुब्बा हुन्।

नाटक गीलु रातोस, अनिल सुब्बा र बिष्णु मोक्तानको संयुक्त लेखनमा बनेको छ। नाटकमा बिष्णु मोक्तान, वेदना राई, सुरज तमू, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू सौजन सेनेहाङ, मणि के राई, भूमिका थारू, पवनकुमार गोले, अजय लामा, डेविड सुवेदी, सञ्जित थुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीन मगर, अन्जना राई, नुमा राई, अमरबाबु बुढाथोकी, आकाश सुहाङ लिम्बू र इशा सिंजालीको अभिनय छ।

हलमा कुन कुन फिल्म?

ममी
माघ २६ देखि हलमा फिल्म ‘ममी’ प्रदर्शन भइरहेको छ। हरर, फ्यामिली र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक समर निरौला हुन्। फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकालगायतका कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर र सिभिल मलमा फिल्मको १४ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सिके सिनेमाज, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, सिटी सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, कलंकी सिनेमा हलमा फिल्म ‘ममी’ प्रदर्शन भइरहेको छ।

सारंग
माघ २६ देखि हलमा फिल्म ‘सारंग’ प्रदर्शन भइरहेको छ। फिल्ममा बाल मनोविज्ञान, बाल अधिकार, धनी र गरिब परिवारबीचको खाडलको यथार्थ प्रस्तुत गरिएको छ। फिल्मका निर्देशक प्रशान्त तामाङ हुन्। फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, बालकलाकार सम्राट र आदित्यलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर र सिटी स्क्वायर मलमा फिल्मको ९ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, सिटी सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, कलंकी सिनेमा हलमा फिल्म चलिरहेको छ।

जुनाः एक व्यथा
माघ २६ देखि हलमा फिल्म ‘जुना : एक व्यथा’ प्रदर्शन भइरहेको छ। फिल्म बाल विवाहपछि जुना पात्रको जीवनमा आइपर्ने उतारचढावको कथामा आधारित छ। फिल्मका निर्देशक जीवन सेञ्चुरी हुन्। फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतलगायतको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर र सिटी स्क्वायर मलमा फिल्मको १० सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सिके सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, कलंकी सिनेमा हलमा फिल्म ‘जुना : एक व्यथा’ चलिरहेको छ।

बडास रविकुमार
बलिउड फिल्म ‘बडास रविकुमार’ पनि माघ २६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा गायक तथा अभिनेता हिमेश रेशमियासहित कीर्ति कुल्हारी, सनी लियोन, सौरभ सचदेवा, सिमोना, जोनी लिभर, प्रभु देवा र संजय मिश्राको अभिनय छ। फिल्मका निर्देशक किथ गेक्स हुन्। फिल्मको निर्माता, संगीत निर्देशक, गायक, पटकथा लेखक र गीतकारको रुपमा हिमेशनै छन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, छाया सेन्टर, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल सिभिल मलमा फिल्मको १९ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, अष्टनारायण हलमा फिल्म चलिरहेको छ।

देव
माघ १८ देखि प्रदर्शन भएको फिल्म ‘देव’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, थ्रिलर जनरामा बनेको छ। उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर र सिटी स्क्वायर मलमा फिल्मको १२ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, सिटी सिनेमाजमा फिल्म प्रदर्शन भइरहेको छ।

एक्टर : टेक वान
माघ १८ देखि हलमा फिल्म फिल्म ‘एक्टर :टेक वान’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक राजन भुसाल हुन्। सुपरस्टार बन्ने एक्टरको कथा प्रस्तुत गरिएको फिल्ममा कलाकार प्रदीप खड्का, दिव्या रायमाझी, आना शर्मा मुख्य भूमिकामा छन्।
शनिबार उपत्यको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिटी स्क्वायर मल र सिभिल मलमा फिल्मको ११ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

केटी हराएको सूचना

माघ १२ देखि फिल्म ‘मिसिङ केटी हराएको सूचना’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक दीपेन्द्र गौचन हुन्। मधेश र पहाडकी युवायुवतीबीचको प्रेम कथामा आधारित फिल्ममा नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्।
शनिबार उपत्यकाको ब्यूएफएक्स अन्तर्गत सिभिल मलमा फिल्मको एक सो छ।

पूर्ण बहादुरको सारङ्गी

गत कात्तिक १५ देखि सर्वाधिक कमाउने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ हलमा प्रदर्शन भइरहेको छ। फिल्मले हलमा माघ २६ मा प्रदर्शनको १०० दिन मनाएको थियो। फिल्मले करिब ५० करोड ग्रस कलेक्सन गरिसकेको टिमको दाबी छ।

गन्धर्व समुदायको कथामा आधारित फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन्। फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल र रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

प्रकाशित: २६ माघ २०८१ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast