सरकारलाई सांसदहरूको प्रश्न, महाकुम्भको भागदौडमा कति नेपाली बेपत्ता भए?

हिमाल प्रेस २५ माघ २०८१ १३:४१
14
SHARES
सरकारलाई सांसदहरूको प्रश्न, महाकुम्भको भागदौडमा कति नेपाली बेपत्ता भए? संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठक। तस्बिर : रासस

काठमाडौँ- सांसदहरूले  भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा भएको भागदौडमा भएको नेपालीको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिभाको शुक्रबारको बैठकमा बोल्ने सांसदहरूले भागदौडमा नेपालीको केकति क्षति भयो र कति बेपत्ता भए भनेर प्रश्न गरेका हुन्।

सांसद प्रभु शाहले भागदौडमा भएको क्षतिमा केकति नेपाली परेका छन्? कति नेपाली बेपत्ता छन्? आउने जाने क्रममा कति नेपाली दुर्घटनामा परेका छन्? भनेर प्रश्न उठाए। उनले भने, ‘भागदौडमा केकति नेपालीको क्षति भयो र उनीहरूको अवस्था के छ भन्ने कुरा सकारको जिम्मेवारीभित्र पर्छ।’ उनले यसबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए।

यसैगरी अर्का सांसद छविलाल विश्वकर्माले गत माघ २१ गते काठमाडौँबाट महाकुम्भ मेलातर्फ जाँदै गरेको हाइस गाडी रुपेन्देहीको रोहिणी गाउँपालिकामा विभत्स दुर्घटना भएको जानकारी दिए।

उनले भने, ‘दुर्घटनामा वीरगन्जमा शिव पट्टेल र काठमाडौँका हर्कनारायण श्रेष्ठसहित सात जना गम्भीर घाइते भएका छन्।’

यसैगरी महाकुम्भबाट फर्कने क्रममा भारतको मुजफ्फपुरमा दुर्घटनामा परेका सिरहाका पाँच नागरिकका परिवारको अवस्था हेरेर राहत उपलब्ध गराउन उनले सरकारसँग माग गरे। विश्वकर्माले भने, ‘दुर्घटनामा जीवन गुमाउने परिवारलाई सहयोगका लागि पहलकदमी लिन आग्रह गर्दछु।’

भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा माघ १६ गते भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो। उत्तर प्रदेश सरकारका अनुसार भागदौडमा ५० भन्दा बढी घाइते भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast