काठमाडौँ- प्रतिनिधिसभाको बैठक शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ। बैठकमा आकस्मिक समयका लागि ३ मिनेट समय छुट्याइएको सभामुख देवराज घिमिरेले जानकारी दिए।
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ।
यसैगरी कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रसम्बन्धी प्रतिवेदन पेस गर्नेछन्।