![स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्याउन सम्झौता](https://himalpress.com/wp-content/uploads/2025/02/Samjhauta-sketing-1.jpg)
काठमाडौँ- राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल विद्यालय खेलकुद महासंघबीच स्केटिङ खेललाई विद्यालयस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्झौता भएको छ।
काठमाडौँमा आज (बिहीबार) आयोजित एक कार्यक्रमबीच राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघ र नेपाल विद्यालय खेलकुद महासंघबीच सम्झौता भएको हो।
सम्झौतापत्रमा स्केटबोर्डिङ संघका तर्फबाट अध्यक्ष अच्युत खनाल र विद्यालय खेलकुद महासंघका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौतापत्र हस्ताक्षरपछि राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष खनाल र विद्यालय खेलकुद महासंघका अध्यक्ष श्रेष्ठले सम्झौताले स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्याउन मद्दत पुग्ने बताए। यसबाट हरेक खेललाई विद्यालयस्तरबाटै सुरु गर्ने सरकारको लक्ष्य पूरा गरी खेलाडी उत्पादनमा सहयोग पुग्ने उनीहरूको भनाइ थियो।