![बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा](https://himalpress.com/wp-content/uploads/2025/02/uk_prince_princes.jpg)
गण्डकी– बेलायती अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी बुधबार पोखरा आएका छन्।
नेपाली सेनाको विमानमार्फत पुगेका उनीहरूलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गरेका थिए।
अधिराजकुमार र अधिराजकुमारीको पोखरा भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नाका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यलाई अन्तरराष्ट्रिय रूपमा प्रवद्र्धन गर्ने विश्वास लिइएको महानगर प्रमुख आचार्यले बताए।
पोखरा भ्रमणका क्रममा उनीहरुले यहाँका पर्यटकीय गन्तव्यको अवलोकन गर्ने र शुक्रबार पोखराको बगरस्थित ब्रिटिस क्याम्पमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ।
प्रकाशित: २४ माघ २०८१ १९:१८
प्रतिक्रिया