काठमाडौँ- प्रदर्शनको तयारीमा रहेकाे फिल्म ‘लाज शरणम्’ को ‘हेर्दा हेर्दैमा’ बोलको गीत सार्वजनिक भएको छ। गीत बुधबार ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
शान्तिश्री परियार र आशिष अविरलको स्वर रहेकाे गीतमा आनन्द अधिकारीको शब्द र कृष्ण भारद्वाजले संगीत भरेका छन्। गीतको भिडियोमा फिल्मका अधिकांश कलाकारको नृत्य देख्न सकिन्छ।
फिल्ममा विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, सीताराम कट्टेल ‘धुर्मुस’ मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, प्रशान्त ताम्राकार, रेणु योगी, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, बबिन राई, रामभजन कामत, कमलमणी नेपाललगायत कलाकारको अभिनय छ।
फिल्म आगामी फागुन १४ अर्थात् महाशिवरात्रीमाको अवसरमा प्रदर्शन हुनेछ। फिल्म कमेडी जनरामा बनेको छ। फिल्मका निर्देशक कुमार कट्टेल ‘जिग्री’ हुन्। यो कुमारको यो डेब्यु निर्देशन हो। फिल्म चर्चित टेलिफिल्म ‘सक्किगोनि’ समूहले बनाएको हो।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन्। सह(निर्मातामा राम नरेश शाह र सृजना खड्का छन्।