राष्ट्रिय नाचघरमा ‘नेपाल भारत रंग महोत्सव’

हिमाल प्रेस २४ माघ २०८१ १३:१९
4
SHARES
राष्ट्रिय नाचघरमा ‘नेपाल भारत रंग महोत्सव’

काठमाडौँ- जमलस्थित राष्ट्रिय नाचघरमा माघ २३ देखि ‘नेपाल भारत रंग महोत्सव’ चलिरहेको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा महोत्सवको आयोजना गरेको हो।

महोत्सवको उद्घाटनपछि पहिलो दिन सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशनमा बनेको नाटक ‘गच्छामी’ प्रदर्शन गरिएको थियो। ३० माघसम्म चल्ने महोत्सवमा ६ वटा नाटक मञ्चन गरिने प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिइन्।

उनकाअनुसार नाटक राष्ट्रिय नाचघरको प्रेक्षालयमा  बेलुका ५ बजे मञ्चन हुनेछ। जसमा नेपाल र भारतको तीन/तीन नाटक छनोट भएको छ।

माघ २४ मा नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशनमा बनेको ‘कथा कस्तुरी’, माघ २७ मा संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको ‘जुन परीकथा मात्र होइन’ मञ्चन गरिनेछ।

त्यस्तै माघ २८, २९ र ३० मा तीन भारतीय नाटक मञ्चन हुनेछ। जसमा क्रमश: विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको ‘माई री मैं का से कहूँ’, मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशनमा बनेको ‘बाबुजी’ र अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशनमा बनेको ‘ताजमहल का टेन्डर’ छन्।

महोत्सवमा मञ्चन भएपछि दुई नेपाली नाटक ‘गच्छामी’ र ‘कथा कस्तुरी’ नयाँ दिल्लीमा पनि मञ्चन हुने आयोजकले जनाएको छ। ‘जुन परीकथा मात्र होइन’ भारतको गोरखपुरको मञ्भनपछि काठमाडौँमा देखाइनेछ।

उपत्यकामा भारत र नेपालको सहकार्यमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो। कुलपति शर्माकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा माघ १५ देखि भारत रंग महोत्सव चलिरहेको छ। भारतका ११ सहरमा महोत्सव जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast