मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

हिमाल प्रेस १९ पुष २०७९ ११:४०
2
SHARE
मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

काठमाडौँ- मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए। बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्यसम्म सकिने उनको भनाइ छ।

वितरण सञ्जालमा चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन्। स्वयम्भू क्षेत्रमा शर्मा/रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्टि/म्स्कु/मार/सीएभी/क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ।

यसैगरी मण्डिखाटार क्षेत्रमा वितरण सञ्जाल निर्माणमा टुँडी कन्स्ट्रक्सनले काम गरिरहेको छ। कपन क्षेत्रमा भने लिपेल/सैलुङ जेभीले काम गरिरहेको छ। कुल सात अर्ब ३६ करोड तीन लाख ८४ हजार रुपैयाँ लागतमा दोस्रो चरणको सात सय ९६ किमी वितरण सञ्जालको काम भइरहेको हो।

निर्देशनालयले पहिलो चरणमा एक हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ। त्यसमध्ये पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ। पहिलो चरणमा निर्माण भएको बाँकी क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ।

प्रकाशित: १९ पुष २०७९ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast