पूजाको सानदार ब्याटिङले नेदरल्यान्ड्ससामु नेपालको १४६ रन लक्ष्य प्रस्तुत

हिमाल प्रेस २३ माघ २०८१ १३:३९
10
SHARES
पूजाको सानदार ब्याटिङले नेदरल्यान्ड्ससामु नेपालको १४६ रन लक्ष्य प्रस्तुत

काठमाडौँ- युवा खेलाडी पूजा महतोको अर्धशतकमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिदेशीय शृंखलामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेकी पूजाले सर्वाधिक ६२ रन जोड्न ५१ बलमा ५ चौका प्रहार गरेकी थिइन्। नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४५ रन जोड्यो।

उनका अतिरिक्त कप्तान इन्दु वर्माले ३७ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडिन्। रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी ७ रनमा नट आउट रहिन्।

प्रकाशित: २३ माघ २०८१ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast