सर्लाहीको सहनीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

हिमाल प्रेस २२ माघ २०८१ १२:३६
10
SHARES
सर्लाहीको सहनीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

काठमाडौँ- सर्लाहीको धनकौल गाउँपालिका-२ सहनीमा ट्याक्टर  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज राति सहनी चिनी मिलबाट तेल बजारतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ त ३०७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २७ वर्षीय एक पुरुषको मृत्यु भएको हो।

ट्याक्टर सडकबाट १० फिट तल खसेको थियो। इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक नारायणकुमार दाहालको कमान्डमा ४ जनाको टोली र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले खसेको ट्याक्टर निकालेको छ। सो क्रममा ट्याक्टर चालक मृत अवस्थामा भेटिएका थिए।

प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन।  शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मंलगवा पठाइएको प्रहरीको भनाइ छ।

प्रकाशित: २२ माघ २०८१ १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast