महिला टी–२० शृंखला : थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित

हिमाल प्रेस २१ माघ २०८१ १६:१३
10
SHARES
महिला टी–२० शृंखला : थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित तस्बिर : क्यान

काठमाडौँ– राजधानीमा जारी महिला टी–२० शृंखलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा थाइल्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा अल आउट भयो।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेटी डी लिडेले सर्वाधिक २५ रन जोडिन्।आइरिस विलिङले १३ रन जोडिन्। यस्तै, क्यारोलिन डी ल्यासले १० रन बनाइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ८६ रनको योगफल बनाएको थियो। थाइल्यान्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन्। फन्नीता मायाले १२ रन जोडिन्।

नेदरल्यान्ड्सका लागि आइरिस विलिङ, इभा लिच, सिल्भर सिर्गेसले समान दुई–दुई विकेट लिए भने इसा बेल भान डरले एक विकेट लिइन्।

नेदरल्यान्ड्सले थाइल्यान्डसँग लगातार दोस्रो हार बेहोरेको हो। यसअघि नेदरल्यान्ड्समाथि पहिलो भेटमा थाइल्यान्डले आठ विकेटको सानदार जित हासिल गरेको थियो।

सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान तीनपटक खेल्नेछन्। अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। नेपालले भोलि थाइल्यान्डसँग खेल्नेछ।

प्रकाशित: २१ माघ २०८१ १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast