काठमाडौँ- महिला त्रिदेशीय टी२० शृंखलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड्स आफ्नो दोस्रो खेल खेल्दैछन्। खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ। शृंखलामा थाइल्यान्ड लगातार तेस्रो जितको खोजीमा छ। थाइल्यान्ड पहिलो खेलमा नेदरल्यान्ड्स तथा दोस्रो खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो।
नेदरल्यान्ड्स भने तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको छ। नेदरल्यान्ड्सले जितेको दुवै खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो। शृंखलामा नेदरल्यान्ड्स र थाइल्यान्ड दोस्रो पटक आमने सामने हुँदैछन्। पहिलो भेटमा थाइल्यान्ड ८ विकेटको सानदार जित हासिल गरेको थियो।
प्रकाशित: २१ माघ २०८१ ९:३३
प्रतिक्रिया