भीम रावल
काठमाडौँ- नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले एमालेका पाँच नेताहरूलाई कारबाही गरेको छ। एमाले पूर्व उपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानमा लागेको भन्दै पाँचजना नेतालाई पार्टीबाट निष्कासन गरेको हो।
पार्टीको कारबाहीमा पर्नमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र प्रदेश सल्लाहकार परिषद् सदस्य छन्।
प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरलाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: २१ माघ २०८१ ६:५८ | Monday, February 3, 2025
प्रतिक्रिया



