टिप्परको ठक्करबाट महिलाको मृत्यु

हिमाल प्रेस २० माघ २०८१ २०:२२
8
SHARES
टिप्परको ठक्करबाट महिलाको मृत्यु

काठमाडौँ- टिप्परको ठक्करबाट तनहुँमा एक महिलाको मृत्यु भएको हो। शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिप्परको ठक्करबाट पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको हो।

खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नम्बरको टिप्परले विपरित दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

स्कुरपछाडि बसेकी अप्सराको उपचारका क्रममा जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता अशोक थापाले जानकारी दिए।

दुर्घटनामा परी स्कुटर चलाइरहेका अप्सराका छोरा २१ वर्षीय दिपेशकुमार क्षेत्री सामान्य घाइते भएको थापाले बताए।

त्यस्तै टिप्परले ठक्कर दिएको कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखे बस्ने ३१ वर्षीय महेश पौडेलको दाहिने हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।प्रहरीले टिप्पर चालक धादिङ निलकण्ठ नगरपालिका– भुलभुले बस्ने ४० वर्षीय प्रकाश गुरुङलाई नियन्त्रणमा लिएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ।

प्रकाशित: २० माघ २०८१ २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast