युट्युब ट्रेन्डिङमा ‘फेरि रेशम फिलिली’ को गीत

हिमाल प्रेस २० माघ २०८१ १७:३१
8
SHARES
युट्युब ट्रेन्डिङमा ‘फेरि रेशम फिलिली’ को गीत

काठमाडौँ- फिल्म ‘फेरि रेशम फिलिली’ को गीत युट्युब ट्रेन्डिङमा परेको छ। युट्युबकाे म्युजिकतर्फ गीत ट्रेन्डिङ पाँचमा छ। ‘फेरी जालमा’ बोलको गीतले आइतबार साँझसम्म साढे १२ लाख भ्युज पाएको छ।

गीतमा कालीप्रसाद बाँस्कोटा र सोमिया बराईलीको स्वर छ। मानस राजको शब्द रहेको गीतमा गायक बाँस्कोटाले नै संगीत भरेका छन्।

२०७१ सालमा सार्वजनिक भएको ‘जालमा’ गीतलाई पुरानै शैलीमा सिर्जना गरिएको छ। गीत पुनः चर्चित बनेको छ। प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायांकन गरेको गीतको भिडियोमा कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टको अभिनय छ।

फिल्मका निर्देशक निरज महर्जन हुन्। फिल्म आगामी फागुन १४ देखि प्रदर्शन हुँदैछ। निर्देशक महर्जनकै कथा रहेको फिल्ममा विनय, सुपुष्प, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायत कलाकारको अभिनय छ।

‘रेशम फिलिली’ का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको फिल्मका अधिकांश टिम पुरानै छन्। निर्देशक महर्जनसहित आकाश बरालले फिल्मको पटकथा लेखेका छन्।

सुसन प्रजापतिको छायांकन, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादनमा बनेको छ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो। रौनक विक्रम कडेल निर्माता रहेको फिल्ममा कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह(निर्मातामा एनि थापा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast