काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन बनाउँदा घुस मागेको आरोपमा प्रधानाध्यापकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-५ राजनारायण माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरीपछि अख्तियारले उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको थियो।
बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारले ६५ हजार रुयाँ घुस लिएको फेला पारेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
अनुसन्धानको क्रममा प्रधानाध्यापक रेशमराज कण्डेलको समेत मिलेमतो देखिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए।

                            प्रकाशित: २० माघ  २०८१ १६:१८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

