भीरबाट लडेर एक युवकको मृत्यु

हिमाल प्रेस २० माघ २०८१ १२:४७
6
SHARES
भीरबाट लडेर एक युवकको मृत्यु प्रतीकात्मक तस्बिर।

बागमती- मकवानपुरको राक्सिराङ गाउँपालिका-४ जैसिङतालस्थित करङभिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका-३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

सडक छेउमा रहेको भीडबाट ७० मिटर तल लडेर गम्भीर घाइते भएका चौधरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २० माघ २०८१ १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast