ग्याँस बुलेट दुर्घटनामा भारतीय चालकको मृत्यु

हिमाल प्रेस २० माघ २०८१ ७:०५
12
SHARES
ग्याँस बुलेट दुर्घटनामा भारतीय चालकको मृत्यु

पोखरा- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको ब्यास नगरपालिकामा शनिबार राति ग्याँस बुलेट ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको भारतीय एचआर ५५क्यू४७११ नम्बरको ग्याँस बुलेट राति पौने ७ बजे ब्यास १२, कमलबारीस्थित सडकको कुनामा एक्कासि पल्टिएको थियो।

दुर्घटनामा घाइते भएका चालक भारतको विहारको मिर्जापुर पठाहीका ३६ वर्षीय श्रीकान्त कुमारलाई दमौली अस्पताल पठाइएकोमा चिकित्सकले राति सवा ८ बजे मृत घोषणा गरेको हो। उनी छपु राउतका छोरा भएको  परिचयपत्रका आधारमा खुलेको हो।

प्रकाशित: २० माघ २०८१ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast