नेपालले थाइल्यान्डलाई दियो १०२ रनको लक्ष्य

हिमाल प्रेस १९ माघ २०८१ १३:५१
8
SHARES
नेपालले थाइल्यान्डलाई दियो १०२ रनको लक्ष्य

काठमाडौँ- त्रिदेशीय महिला टी २० शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले थाइल्यान्डलाई १०२ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको हो। नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी थिइन् । फनिता मया र नताया बूचाथामले २-२ विकेट लिए । चनिदा सुथिराङले १ विकेट लिइन् ।

प्रकाशित: १९ माघ २०८१ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast